नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने
बिहीबार
२३ ,
बैशाख
२०७८
Tamor Khabar
306
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ।
नेपाली कांग्रेस संसदीय दलले वैशाख २५ गते दिउँसो २ बजेका लागि बैठक बोलाएको जानकारी गराएको हो। बैठक संघीय संसद् भनव नयाँबानेश्वर स्थित ल्होत्से हलमा बस्नेछ।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि मात्र संसद्को विशेष अधिवेशन वैशाख २७ गतेका लागि आह्वान गरेका छन्। सोही बैठक अगाडि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।








