संखुवासभाको मादीमा बस दुर्घटना हुँदा ३२ घाइते १३ को अवस्था गम्भीर
शुक्रबार
२० ,
चैत्र
२०७७
Tamor Khabar
688
संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको बस धर्मदेवी नगरपालिका–४ मा दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन। को १ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी–४मा दुर्घटना हुँदा ३२ यात्रु घाइते भएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाले जानकारी दिए। बस दुर्घटनामा घाईते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको र गम्भीर घाईते १३ जनाको सुनसरीको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। बस चालक र सहचाकल फरार रहेका छन।
Via :Thapa Ishwor








