आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

इलामको रोङमा बस दुर्घटना



आईतवार ३ , मंसिर २०८०

इलामको रोङ गाउँपालिका स्थित अर्याल चोक नजिकै ४० जना यात्रु सवार बस दुर्घटना भएको छ ।  दुर्घटनामा वसमा सवार १ बालकको मृत्यु भएको स्थानीय पत्रकारले जानकारी दिएका छन् ।
धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको जनाईएको छ । कति जना यात्रु घाइते भए भन्ने खुलेको छैन ।उद्दार कार्य जारी छ । 
वस राजमार्गबाट करिव ५०० मिटर तल झरेको छ । घाईतेको उदार गरि अस्पताल पठाउने काम भइरहेको छ ।

Featured News

Advertisement