बराहक्षेत्रको बाघ खोलामा समयमै पुल निर्माण गर्न सांसद ममताले गरिन प्रदेश सरकारको ध्यानाकर्षण
विराटनगर । सांसद ममता तामाङ मगरले सुनसरी क्षेत्र न. १ मा डेँगु महामारी फैलिएको भन्दै यसको रोकथाम गर्न प्रदेश सरकारलाई अनुरोध गरेकी छन् ।
आज बसेको कोशी प्रदेश सभाको बैठकमा उनले डेँगु प्रभावित क्षेत्रको पहिचान गरेर उपचारमा ध्यान दिन सभामुख मार्फत प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेकी हुन् ।
धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा डेँगु महामारी धेरै फैलिएको कारण प्रभावकारी ढंगले यसको नियन्त्रण गर्न प्रदेश सरकार लाग्नुपर्ने उनले बताइन् ।`धरान उपमहानगरपालिका वडा नम्बर १६ को ९ बर्षको कैलाश राइ ( लक्ष्मण)र बराहक्षेत्र नगरपालिका वडा नम्बर १ वर्ष २२ कि सुरुचि शाहको डेँगुकै कारण मृत्यु भएको छ ´उनले भनिन् ।
उनले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै र्डेँगु संक्रमित भइ उपचाररत सबैको स्वास्थ्य लाभको कामना गरिन् । उनले
महामारीलाई नियन्त्रण गर्दै जनताको जीवन रक्षा गर्नु प्रदेश सरकारको जिम्मेवारी भएको बताइन् ।
त्यस्तै बराहक्षेत्र,हेटौंडा ,इटहरी हुँदै मदन भण्डारी राजमार्ग जोड्ने सडक स्थित बराहक्षेत्रको बाघ खोलामा पुल निर्माण नहुँदा जनताले बर्षौदेखी दु:ख,कष्ट भोग्नुपरेको उनले जानकारी दिइन् । `पुल निर्माण नभएकै कारण गत बर्ष खोलाले बगाएर एकजना बच्चाको मृत्यु भएको छ । पुल निर्माणको लागि ठेक्का भएको १ बर्ष भइसकेको छ । ठेक्काको अवधी तीन बर्ष तोकिएको छ । तसर्थ सभामुख मार्फत प्रदेश सरकारको यस विषयमा ध्यानाकर्षण गर्न चाहन्छु ।








