मंगलवार ५, फाल्गुन २०८२ Tue,17 Feb 2026

सर्वाधिकार सुरक्षित

यसईई को नतिजा आज सार्वजनिक हुदै Tamorkhabar



बिहीबार २१ , असार २०८०

असार २०८०-२१
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार प्रकाशन गर्ने तयारी गरेको छ।

नतिजा बिहीबार प्रकाशन हुने परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।

‘सबै तयारी पूरा भइसक्यो’, उनले भने, ‘प्राविधिक समस्या नभए सम्भवतः आजै नतिजा प्रकाशन हुन्छ।’ उनका अनुसार नतिजा बेलुकीसम्ममा प्रकाशन गर्ने तयारी छ। यसका लागि बिहीबार नै बोर्डको बैठक बोलाइएको छ।

एसईई गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार परीक्षामा पाँच लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका थिए।

बोर्डले पुरानै ग्रेडिङ पद्धतिअनुसार नतिजा सार्वजनिक गर्ने बताएको छ।

Featured News

Advertisement