नेपाल शिक्षक संघ सुनसरीको अध्यक्षमा इन्द्रमोहन झाको पल्ला भारी
सुनसरी सम्बाददाता । नेपाल शिक्षक संघ सुनसरीको ९ औं अधिबेशन मार्फत नेतृत्व छनौटका लागि अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ ।
निवर्तमान अध्यक्ष बेणुप्रसाद सिग्देल , पुर्ब सचिब इन्द्रमोहन झा र निवर्तमान सचिब देबनारायण यादबको उम्मेदवारी परेको हो । अध्यक्षका प्रत्यासी इन्द्रमोहन झा र बेणुप्रशाद सिग्देलले प्यानलै बनाएर चुनाबमा होमिएका छ्न । फाल्गुन २७ गते उद्घाटन भएको जिल्ला अधिबेशनको निर्वाचन चैत्र ४ गते शनिवार हुनेछ ।
चुनाब नजिकिदैगर्दा उम्मेदवारहरुले आआफ्नो प्रचारप्रसार तिब्र बनाएका छ्न। आगमी ४ बर्से कार्यकालका लागि हुन गइरहेको निर्वाचनमा खासगरि पुर्ब सचिब इन्द्रमोहन झा र निवर्तमान अध्यक्ष बेणुप्रशाद सिग्देल बिच एक अर्कालाई सशक्त प्रतिस्पर्धि का रुपमा लिएको आकलन गरिएको छ भने अर्का अध्यक्ष पदका प्रतिस्पर्धि देवनारायण यादब दुबै पक्षको केही मत आफ्नो पक्षमा तानेर चुनाब आफ्नो पक्षमा पार्ने दाउमा रहेको बुझिएको छ ।
जम्मा २२८० जना जिल्ला प्रतिनिधि रहेको सुनसरी जिल्लामा यो पटक भने अध्यक्ष पद लगाएत सम्पुर्ण प्यानल नै अत्याधिक मतका साथ बिजय हुनेकुरामा ढुक्क रहेको अध्यक्षपदका सशक्त उम्मेदवार इन्द्रमोहन झा ले बताए। श्री पब्लिक हाइ स्कुल धरान १२ का प्रधानाध्यापक समेत रहेका झा आफुले चुनाव जित्नेमा ढुक्क देखिन्छ्न । इन्द्रमोहन झाको प्यालनलबाट उपाध्यक्षमा महिलातर्फ चण्डिका निरौला र पुरुषतर्फको उपाध्यक्षमा कपिलदेव मेहता रहनु भएको छ ।
यसैगरी सचिवमा मनोज पोख्रेल, सहसचिवमा पुरुषतर्फ बालकृष्ण चौलागाई, महिला सह सचिवमा सरिता नेपाल, अर्थ सचिव (कोषाध्यक्ष) मा पुरुषतर्फबाट चन्द्रनारायण चौधरी र महिलातर्फको अर्थ सहसचिवमा रेखा साह रहनु भएको छ ।उता वेणुप्रशाद सिग्देलको तर्फबाट महिला उपाध्यक्षमा ज्ञानु खड्का, पुरुषतर्फको उपाध्यक्षमा श्यामदेव मेहता, सचिवमा रोमनराज कार्की रहनु भएको छ । संघको विधान अनुसार जिल्ला कार्यसमितिमा उपाध्यक्ष, सहसचिव र अर्थ सहसचिवमा महिला उमेद्वारको व्यवस्था गरेको छ । सिग्देल प्यानलबाट सह सचिव र अर्थ सह सचिवमा उत्तम सुवेदी, महिला सहसचिवमा सरिता पोख्रेल, अर्थ सचिवमा काशीराम चौधरी प्रत्यासी बन्नुभएको छ ।
संघको ४ गते हुने निर्वाचनमा १० जना पदाधिकारी र ७ जना सदस्य गरी १७ जना निर्वाचित हुने व्यवस्था रहेको छ । यसैगरी समावेशीताको आधारमा सह सचिव दुई जना र महिला सहसचिव एक जना रहने व्यवस्था रहेको संघमा आवद्ध एक शिक्षक कृष्ण तिम्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो प्रदेश प्रतिनिधि ८ जनाको र केन्द्रीय प्रतिनिधि पाँच जनाको समेत निर्वाचन हुन्छ । उहाँका अनुसार प्रदेश प्रतिनिधि ८ जनामा तीन जना अनिवार्य महिला शिक्षकको व्यवस्था गरिएको छ भने बाँकी रहेको ५ जनामा महिला र पुरुष जोसुकै पनि रहन सक्छन् । यसैगरी केन्द्रिय प्रतिनिधिमा ७ जना रहने प्रावधानमा दुई जना महिलाको अनिवार्य व्यवस्था रहेको छ भने बाँकी पाँच जनामा महिला पुरुष जोसुकै निर्वाचित हुन सक्छन् ।
सुनसरी जिल्लाका अर्का एक शिक्षक नाम उल्लेख नगरिदिने सर्तमा भन्नू हुन्छ, अहिले सुनसरी जिल्लाका अधिकांस शिक्षक संघमा आबद्ध शिक्षक नेतृत्व परिबर्तनको पक्षमा रहेको र निवर्तमान अध्यक्ष सिग्देलले चार बर्से कार्यकाललाई विभिन्न बाहनामा लम्ब्याइ सात बर्षसम्म एकलौटी गरेको र शिक्षकको हकहितको लागि कुनै उल्लेख्य काम गर्न नसकेकोले सिग्देलको नेतृत्व असफल भइ सकेको जिकिर गर्दै, अब सुनसरी शिक्षक संघले नयाँ नेतृत्व खोजेको ले इन्द्रमोहन झा को पल्ला भारी हुने बताए ।








