आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

खाेटाङमा पहिरो खस्दा घर र चौपाय पुरिए



शनिबार १८ , असार २०७९

काठमाडाैँ- भारी वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाउनुका साथै पशुचौपाय पुरेको छ।शुक्रबार रातिको भारी वर्षासँगै करिब पाँच मिटर माथिबाट खसेको पहिरोले रावाबेँसी गाउँपालिका-६ हौंचुरका बलराम खत्रीको घर बगाएको हो।खत्री परिवार इटहरीमा सरिसकेकाले मानयीय क्षति नभएको वडाध्यक्ष चिरञ्जिवी कार्कीले बताए।पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैंसी, एउटा पाडो र एउटा बहर गोरु पुरिएको छ। भैंसीलाई भने पहिरोबाट उद्धार गरेर निकालिएको छ। बहर गोरु हालसम्म फेला नपरेको वडाध्यक्ष कार्कीले बताए।सडकबाट खसेको पहिरोका कारण भैरबहादुर राई, उद्योगबहादुर भुजेल, कृष्णबहादुर राई, पत्थरबहादुर राई, धनकुमार राई, वर्णबहादुर राई, हरि राई, पर्शुराम राई र प्रदिप राईको घर जोखिममा परेको छ।पहिराेभन्दा माथि रहेका चित्रबहादुर कार्की र शुक्रराज राईको घर पनि जोखिममा परेको कार्कीले बताए।

Featured News

Advertisement