काठमाडौँका नदीमा बढ्याे पानीकाे सतह, उच्च सतर्कता अपनाउन आग्रह
शुक्रबार
१० ,
असार
२०७९
Tamor Khabar
446
काठमाडाैँ- काठमाडौँ उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ।जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ। नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ।








