स्वास्थ्य मन्त्रालयले भन्यो– संक्रमण उच्च हुनगएमा लकडाउन हुनसक्छ
बुधबार
११ ,
चैत्र
२०७७
Tamor Khabar
482
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमण रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ।
बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ। जोखिम पनि बढेको छ। त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौ ।’
लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य नभएको तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने अवस्था आउनसक्ने उनले बताए।
.jpg)







